Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

चाइनिज पेस्तोलसहित २ युवक पक्राउ

चाइनिज पेस्तोलसहित २ युवक पक्राउ

  •  काठमाडौं । चाइनिज पेस्तोल र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन् ।

    images
    images
    images

    सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान बरामद भएको हो ।

    images

    यसका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij