Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

म्युजिक नेपालद्वारा आईपीओ निष्कासन गर्ने

म्युजिक नेपालद्वारा आईपीओ निष्कासन गर्ने

  • काठमाडौँ । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ ।

    images
    images
    images

    कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ ।

    आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा भावी दिनमा यस कम्पनीसँग आबद्ध हुन सबै स्रष्टा, कलाकार र संगीतप्रेमीलाई नयाँ सम्भावनाको ढोका खुल्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

    म्युजिक नेपाल प्रालि अब कम्पनीमा परिणत हुन लागेसँगै आईपीओ निष्कासनको तयारी भएको जनाइएको छ । म्युजिक नेपाल २०३९ साल साउन २४ गते स्थापना भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij