
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । निगमका अनुसार शुक्रबारदेखि लागु हुने गरि १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको छ ।
गत कार्तिक २७ मा सञ्चालक समितिले गरेको निर्णयलाई निगमले गत पुस १ गते कार्यान्वयन गरेको हो । ट्यांकरको भाडा कम्तीमा पनि १० प्रतिशतले वृद्धि भएको छ ।
जसअनुसार बरौनीदेखि जनकपुरको भाडा ३२ सय ५७ रुपैयाँ ९६पैसा कायम भएको छ । त्यस्तै, सिलगुरीदेखि छरालीको नयाँ भाडादर ११ सय १७ रुपैयाँ निर्धारण गरिएको छ भने रक्सौलदेखि पोखराको ट्यांकर भाडा ३४ सय १५ रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij