
May 14 2025 | २०८२, वैशाख ३१ गते
फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो ।
काठमाडौं । कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै छ ।
फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै, बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ ।
काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij