Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् ।

    images
    images
    images

    गत मंसिर २८ गते नेपाल आएका उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाटको अलवा पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिए ।

    नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने धारणा समेत राखेका थिए ।

    व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका उनले भारत फर्किनु अगाडि नेपाल बसाई एकदमै राम्रो र सुखद् भएको बताए । फेरि पनि नेपाल घुम्न आउने वाचासमेत ओबरोयले भारत फर्कनुअघि गरे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij