
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । बीमा कम्पनीले प्रेम आचार्यको परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो ।
कम्पनीका इलाम शाखाका अनुसार कम्पनीले दाबी भुक्तानीबापतको रकम मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत हस्तान्तरण गरेको छ । आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij