Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई शुक्रबार इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

    images
    images
    images

    मिश्रको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोख्रेलको इजलासले यस्तो आदेश दिएको हो ।

    गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी  थिइन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

    नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij