Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

पोखराको पुम्दिकोटमा बस दुर्घटना

पोखराको पुम्दिकोटमा बस दुर्घटना

  • काठमाडौं । पोखरा महानगरपालिका—२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

    images
    images
    images

    पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको बस्नेतले बताए ।

    बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij