
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडाैं । सिटी होटेल लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो। जस मध्ये १९ हजार ७ सय ३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १६ हजार ७ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदन भने हात खाली भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij