Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

‘सगरमाथा संवाद’

आजदेखि ‘सगरमाथा संवाद’ सुरु

आजदेखि ‘सगरमाथा संवाद’ सुरु

सम्मेलनमा एक सय ७५ विदेशी पाहुना सहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने

  • काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ ।

    images
    images
    images

    ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ ।

    सम्मेलनमा एक सय ७५ विदेशी पाहुना सहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।

    कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरु नेपाल आइसकेका छन् । संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij