Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् ।

    images
    images
    images

    नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन बाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् । बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    images

    नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बागमती प्रदेश सभाको बैठक साउन २७ गते अपरान्ह ४ बजे बस्दैछ ।

    ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ।

    त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij