Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

‘पिरती’ले मन्त्री बनायो, म ‘जोगी’ नै हो : महावीर पुन

‘पिरती’ले मन्त्री बनायो, म ‘जोगी’ नै हो : महावीर पुन

  • काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको बताएका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले एउटा पुरानो गीत सुनाए ।

    onlinepatrika
    Arghakhachi

    “म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो भन्ने गीत पहिला खुब गाइन्थ्यो,” उनले भने ।

    AGNI GROUP

    देशसँग आफ्नो पिरती बस्नुको कहानी लामो रहेको उनले उल्लेख गरे । उनले आफू ‘जोगी’ रहेको समेत बताए ।

    “म पनि सांसद, मन्त्री हुुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो । लामो कहानी छ । मेरो पिरती देशसँग बसेको हो । सुरुमा देशसँग बसेको होइन, अमेरिकाबाट घुम्न एकदुई वर्ष भनेर आएको मान्छे गाउँसँग पिरती बस्यो,” उनले भने, “गाउँबाट जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले म अहिले जोगी भएँ । म व्यावहारिक रूपमा पनि जोगी नै हो ।”

    उनले महावीर आएर यो मन्त्रालय पहिलोपटक बनाइएको भन्ने भ्रम रहेको बताए । ०५३ सालमा बनाइएको मन्त्रालय पछि अरूमा गाभिएको उनको भनाइ थियो ।

    “टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको हो, सातौं पुनर्जन्म हो,” उनले भने ।

    नवप्रवर्तन मन्त्रालयलाई आउँदो आर्थिक वर्षमा छुट्ट्याइएको बजेटबारे उनले भने, “चार अरब छुट्ट्याइएको छ । त्यसमा पनि साढे तीन अरब अबन्डामा छ ।” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij