Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । हेटौंडा बजारमै, जिल्ला प्रहरी कार्यालय परिसरको एक सय मिटरका पेरिफेरिमा दिनदहाडै जनप्रतिनिधि र व्यापारी कुट्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जेठ २९ गते दिउसो १ बजे हेटौँडा–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजाबाबु दास कथबसिनयाँलाई कुटपिट गर्ने आरोपी पक्राउ गरेको हो ।
पसलमै समूहमा आएर फलामे रड, काठको बेलना, नक समेतले प्रहार गरी घाइते बनाएर फरार रहेका हेटौँडा–१२, पदमपोखरीका ३८ वर्षीय हरि भनिने बुद्ध मोक्तान ९वेदराज०लाई घरमा लुकिछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति उनलाई पक्राउ गरी शुक्रबार अदालतमा पेश गरिएको छ ।
मोक्तानको समूहले पसलमा सामान किन्न आउँदा भाउ नमिलेपछि फर्केर गएर केहीबेरमा समूह ल्याएर व्यापारीमाथि आक्रमण गरेर आतंक मच्चाएका थिए । आरोपीहरु पक्राउ गर्न नसकेको भनेर मकवानपुर प्रहरीको चर्को आलोचना भएको थियो ।
यस्तै, असार ४ गते जिल्ला प्रहरी कार्यालय नजिकै रहेको हेटौँडा–१ को वडा कार्यालयमै वडाअध्यक्ष सविन न्यौपानेलाई कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा ३० वर्षीय नेप्टे भनिने विजय थिङ पक्राउ परेका छन् । उनी मनहरी गाउँपालिका–२ का हुन् ।
उनलाई हेटौँडा–८, कमानेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पेरिफेरिमा रहेको वडा कार्यालयमै वडाध्यक्ष कुटिएपछि हेटौँडा उमहानगरका जनप्रतिनिधिसमेत आन्दोलित भएका थिए ।
नेपाली कांग्रेसबाट जितेका उपमेयर राजेश बानियाँ र वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेर आन्दोलनस्वरुप दुई दिन सेवाग्राहीलाई सेवा दिएर असुरक्षाको अवस्था दर्शाएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij