Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सरकारी ठेक्कामा बदमासी गर्ने कम्पनीहरू कालोसूचीमा

सरकारी ठेक्कामा बदमासी गर्ने कम्पनीहरू कालोसूचीमा

  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको यस निकायले साउन ११ गतेको निर्णयानुसार विभिन्न कम्पनीहरूलाई निश्चित अवधिसम्म सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो।

    onlinepatrika
    Arghakhachi
    विभिन्न सार्वजनिक निकायहरूबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कारबाही गरिएको कार्यालयले जनाएको छ। मंगलबार एक सूचना जारी गर्दै कार्यालयले कालोसूचीमा परेका व्यवसायीहरूले अब तोकिएको अवधिसम्म नेपाल सरकारका कुनै पनि निकायको बोलपत्र वा खरिद प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पारेको छ।

    सम्झौता अनुसार काम नगर्ने र सार्वजनिक खरिद प्रक्रियामा अवरोध पुर्‍याउने कम्पनीहरूलाई निरुत्साहित गर्न सरकारले यो कडा कदम चालेको हो। 

    AGNI GROUP

    कालोसूचीमा परेका कम्पनीहरूको विस्तृत विवरण र प्रतिबन्धको अवधि कार्यालयको आधिकारिक वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij