Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

बेरुजु अन्त्य गर्न लेखा समितिको सुझाव

बेरुजु अन्त्य गर्न लेखा समितिको सुझाव

  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्यौटका लागि राज्यका निकायलाई जवाफदेहि बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक बर्ष बेरुजु बढ्दै गएकाले कानूनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

    images

    बैठकले चालू आर्थिक बर्षलाई बेरुजु फछ्र्यौट वर्षका रुपमा अभियान कै रुपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनले विभिन्न कार्यालयमा सरुवा गरि पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए ।

    बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे। उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

    त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फछ्र्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij