Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिए बमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

    images
    images
    images

    बैंकले संस्थापक शेयरधनी पूर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता शेयर र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।

    साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij