Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सुनौलो सहकारीका दुई सञ्चालक पक्राउ

सुनौलो सहकारीका दुई सञ्चालक पक्राउ

  • काठमाडौँ । बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई प्रहरीले मङ्गलवार राती नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै बचतकर्ताहरूले सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको वडा प्रहरी कार्यालय रामनगर जनाएको छ । जिल्ला सहकारी संघ रुपन्देहीमा सुनौलो सहकारी दर्ता नभएको जिल्ला सहकारी संघका सदस्यले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij