
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयरमा लगानी गर्ने कोही पनि आयकरको दायरामा नआउने प्रस्ट पारेका छन् । आज बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आज फेरि पनि दोहोर्याएर भन्छु आम जो सेयरमा लगानी गर्नुभाछ कोही पनि त्यो इन्कम ट्याक्सको दायरामा आउने भनेर भनिएको छैन । अर्थमन्त्री महतले भने, स्पष्ट पार्न चाहान्छु । त्यसमा फेरि जसको चाहीँ कारोबार गर्दा लस भएको छ त्यो लसमा पनि कर लगाउने त कुरै भएन ।
त्यसैले यो पनि स्पष्ट पार्न चाहान्छु कोही ९९.५ प्रतिशत इभन ९९.९ प्रतिशत पनि योभित्र पर्दैनन् । उनले थपे, सेयर मार्केटमा लगानी गर्ने देशभरका जो दाजुभाई दिदी बहिनीहरू हुनुहुन्छ यसबाट अत्तालिनु पर्ने केही पनि कारण छैन ।
कोही पनि तपाईँहरू त्यो खाले अलिकति केही लगानी गरेर मलाई फाईदा हुन्छ की, बैंकमा राख्नु सट्टा यहाँ लगानी गरेर फाईदा हुन्छ की भनेर जसले गर्याछ कोही पनि यो दायरामा आउँदैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij