
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । चौधौ अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल बुधबार मकाउ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा निर्माण व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिसमेत गरी नौसदस्यीय रहेको महासंधले जनाएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रियस्तरमै निर्माण उद्योगमा देखापरेका उपायसहितको छलफलमा सहभागिता जनाउनेछ । प्रतिनिधिमण्डल नेतुत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधोन गर्नुहुनेछ ।
यसपटकको सम्मेलनको नारा 'गोइङ ग्रिन, डिजिटल एण्ड स्मार्ट फाइनान्सिङ विन विन को-अपरेसन' रहेको छ । चीनका निर्माण व्यवसायीको संगठन र मकाउ व्यापार तथा लगान प्रवद्र्धन केन्द्रले संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन् । तेह्रौं संस्करणसम्म ७० देशका दुई हजारभन्दा बढी प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij