
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । पर्यटक आवागमन कोभिड अगाडिको अवस्थामा फर्किएको छ । नेपालमा मे महिनामा ७७ हजार ७ सय ३ जना पर्यटक भित्रिएका छन् ।
कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए । सबैभन्दा बढी पर्यटक भारतबाट आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
भारतबाट ३६ हजार ५ सय ७५ जना पर्यटक नेपाल आएका छन् भने दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन् । तेस्रो धेरै पर्यटक आउने मुलुकमा परेको चीनबाट ४ हजार ६ सय ६७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
विभिन्न मुलुकबाट आएका पर्यटक
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij