
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
त्यस्तै हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । पेट्रोल तथा डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालकै मूल्य कायम राख्ने तयारी रहेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij