
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । हिमालयन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।
अब उप्रान्त प्रभु क्यापिटल लिमिटेड मार्फत कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij