
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडाैं। घोराही सिमेन्ट ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको शेयरमा उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले शेयर जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीले गत वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गरेको थियो । कम्पनीले जारी गर्ने शेयर मध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर आयोजना प्रभावितका लागि रहेको छ ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ । शेयर खरिदका लागि वैदेशिक शेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला बढाएको कम्पनीले जनाएको छ ।
उद्योगले अहिले क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्याएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij