
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । अप्पर लोहरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ । अप्पर लोहरेखोलालाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनको अनुमति दिएको हो ।
यो कम्पनीलाई चुक्तापुँजीको ४९ प्रतिशत आईपीओ बिक्री खुला गर्ने सेबोनले अनुमति दिएको छ । कम्पनीले अब २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण आईपीओ बिक्री खुला गर्नेछ । अप्पर लोहरेखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij