
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने योजना ल्याएको छ । युएसआइडी र शिखर इन्स्योरेन्ससँगैका सहकार्यमा बीमा प्रक्रियालाई डिजिटाइज गरी सरलीकरण गर्न इसेवाले एक करोड रुपैयाँसम्मको घर बीमा गर्न सकिने व्यवस्था ल्याएको हो ।
बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५ सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मात्रै लागु हुने इसेवाले जनाएको छ ।
साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्ने बताइएको छ । यो योजना इसेवाको मोबाइल एपमा रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घर बीमा खरिद गर्न सकिने इसेवाले जनाएको छ ।
यस योजनामा सहभागी हुन घरधनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्ने बताइएको छ ।हाल इसेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij