Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सनराइज बैंकले शुरु गर्याे नगद तथा चेक सोझै जम्मा गर्न सकिने मेसिन

सनराइज बैंकले शुरु गर्याे नगद तथा चेक सोझै जम्मा गर्न सकिने मेसिन

  • काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकका लागि मेसिनबाटै सोझै नगद तथा चेक खातामा जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ । उक्त नयाँ सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले गरेका हुन् ।

    images
    images
    images

    बैंकका अनुसार नविनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न ‘क्यास डिपोजिट मेसिन’ सञ्चालनमा ल्याएको हो । बैंक कर्मचारीको सहयोग बिनै अब ग्राहकहरूले केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्नेछन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने भएको छ ।

    त्यस्तै ग्राहकहरूले ‘केआईओएसके’ मेसिनको प्रयोग गरी कुनै पनि समयमा आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेक ग्राहकको आवश्यकता तथा छनौटअनुसार सामान्य वा एक्सप्रेस क्लियरिङअन्तर्गत जम्मा हुने बैंकले जनाएको छ ।

    साथै खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै ‘केआईओएसके’ मसिनबाट ग्राहकले प्राप्त गर्न सक्नेछन् ।हाल बैंकले ‘क्यास डिपोजिट मेसिन’ सेवा आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट ‘केआईओएसके’ सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij