
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij