Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

दार्चुलामा ६ किलो चरेससहित २ जना पक्राउ

दार्चुलामा ६ किलो चरेससहित २ जना पक्राउ

  • काठमाडौं । दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबा बिहान १ बजेतिर पक्राउ गरेको हो ।

    images

    उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij