Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

  • काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।

    images

    राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।

    images

    देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् । देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij