Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

  • काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त भएका छन् ।

    images
    images
    images

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले जानकारी दिएको छ ।

    images

    उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन लगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

    अनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो ।

    ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij