Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा थिए। घटनास्थलबाट करिब ४ सय ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा दुई बट्टा सलाइ पनि बरामद गरिएको छ।
यी हतियार तथा सामग्री कसले र किन लुकाएर राखेको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij