Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रास्वपाको गेट हटाएर पार गराइयो ५ ट्रक

रास्वपाको गेट हटाएर पार गराइयो ५ ट्रक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत गेटका कारण उचाइ नपुगेर रोकिएका ट्रक केहीबेरअघि चितवनबाट पठाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो दिउँसो २ बजेदेखि टिकौली जङ्गलमा रास्वपाको स्वागत गेट छिचोल्न नसकेर रोकिएका ५ वटा ट्रक केही समयअघि गन्तव्य पठाइएको चितवनको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    ती ट्रक चितवनकै कुरिनटारमा रहेको बाह्रसिंगे वियरको लागि ट्यांकर लिएर आएका थिए । टिकौलीको गेट सारेर पार गरिए पनि भरतपुरको वडा नम्बर १ मा रहेको सडक डिभिजन कार्यालयको गेट पनि कट्न नसकेपछि गाडी पास हुन समय लागेको थियो ।

    चितवनका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अनिल थापाका अनुसार केही बेरअघि मात्रै गाडीलाई गन्तव्यतर्फ पठाइएको हो । सडक डिभिजनसँग समन्वय गरेर क्रेनले सडकको बोर्ड हटाएपछि कुरिनटारतर्फ पठाइएको बताए ।

    हिजोदेखि पाँचवटा गाडी टिकौली जंगलबाट फर्काएर रत्ननगरको निपनी चोकमा पार्किङ गरेर राखिएको थियो । प्रहरीले रास्वपाको महाधिवेशन सकिएपछि मात्रै पठाउने बताएको थियो । तर रास्वपाकै महाधिवेशन विवादमा पर्ने अवस्था आएपछि आज पाँचवटै गाडी गन्तव्यमा पठाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij