Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

  • काठमाडौँ । विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा रहेको बताएका छन् ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।

    images

    सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँदै बार एशोसिएसनले रोक टोक गर्न नहुने बताए ।

    मेयर साहले वार्ता र संवादबाट समाधान खोज्नुका साथै दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै दुबै पक्षलाई संयमित हुन आग्रह गरे ।

    भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारी, नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी, प्रेस चौतारीका पदाधिकारी,प्रेस युनियनका पदाधिकारीलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij