
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले भोजपुर घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो ।
उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए । नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij