
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij