
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ ।
त्यस्तै १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैँयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij