Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आगलागीमा परेर महिलाको मृत्यु

आगलागीमा परेर महिलाको मृत्यु

  • काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको छ । सोमबार भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगो लाग्दा सो महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ३३ वर्षीया कमला गौतम रहेकी छन् । 

    images
    images
    images

    घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूयाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोली परिचालन भएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij