
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । अस्ट्रियाको ग्राट्ज शहरको एक विद्यालयमा गोलीबारी भएको छ । अस्ट्रियाको सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै विद्यालयमा भएको गोलीबारीबाट धेरै जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा धेरै विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने अभियुक्तले पछि स्कूलको शौचालयमा आफैलाई गोली हानेको विश्वास गरिएको छ ।
अस्ट्रियाली प्रहरीले मुख्य केन्द्रीय रेलवे स्टेशनबाट टाढा नरहेको ग्राट्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा गोलीबारी भएको बताएको छ ।
क्रोनेन जेइटुङ ट्याब्लोइडका अनुसार आक्रमणमा आठ जनाको मृत्यु भएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij