
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका युवा ३० वर्षीय जयशंकर साहको शव तेस्रो दिन पनि उठेको छैन । विरोध प्रदर्शनका क्रममा शुक्रवार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।
दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन नदिएका हुन् ।
शनिवार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
तर यसपछि पनि स्थानीय सन्तुष्ट भएका छैनन् । मृतकको शव उठाउन दिएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij