Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिका कार्यसमितिका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ ।
बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए । नदी किनारमा रहेको डुंगामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा गएका उनी नदीले डुंगा बगाएको देखेपछि डुंगा नियन्त्रणमा लिन दगुरेर तल झर्ने क्रममा भिरबाट खसेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए ।
उनका अनुसार अन्दाजी ४६ वर्षीय मृतक बुढा लामो समयसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा स्थानीयले शव भेटाएका थिए। ढकारी– ४, बलाताका उनी कांग्रेस गाउँपालिका कार्यसमितिका उपसभापति हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij