Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भिजिट भिसामा ओमान उड्न लागेका २७ महिला एयरपोर्टबाट नियन्त्रणमा

भिजिट भिसामा ओमान उड्न लागेका २७ महिला एयरपोर्टबाट नियन्त्रणमा

  • काठमाडौं । भिजिट भिसाका नाममा खाडी मुलुकतर्फ जान लागेका २७ महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    २२ देखि २९ वर्ष उमेरसम्मका ती महिला ‘भिजिट भिसा’, अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले आवश्यक अनुसन्धान जारी रहेको बताए ।

    उनीहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो ।

    अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो । त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरु अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको थियो ।

    फ्लाई दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रुट तय भएको थियो । कुवेत लगिएपछि घरेलु कामदारका रूपमा स्थानीय एजेण्टले नेपाली महिलाको अनुहार हेर्दै छानेर लैजाने र कुनै घरमा कामदारका रूपमा राख्ने प्रचलन छ ।

    त्यसरी राखिएका महिलालाई शारीरिक यातना दिनेदेखि यौनजन्य हिंसा हुनेसम्मका घटना विगतमा भएका छन् ।

    नियन्त्रणमा लिइएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट