
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ । अन्तिम संस्कारको लागि बरहथवामा साहको शवयात्रा सुरु भएको छ ।
स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले गएराति साहको शव घटनास्थलबाट उठाएका थिए । राति नै मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि साहको शव परिवारजनले बुझेर बरहथवा– ६ स्थित घर लगेका थिए । गएको शुक्रबार दिउँसो स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij