
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । ललितपुरको हात्तीवनस्थित निवासमा ७५ वर्षको उमेरमा अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको निधन भएको छ ।
पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायण गोपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।
५१ सालदेखि एरेन्जरको काम थालेका उनले कुपण्डोलको सान स्टुडियोमा लामो समय काम गरे । छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् । दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij