
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि विदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार, सुविधा अनुसार विदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले विदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।
‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, विदा बस्नलाई प्रात्साहित गर्न खाजेका हौं’, खड्काले भने, ‘घर विदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’
प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने विदा पाउँछन् । ‘कतिपय विदा त प्रहरीले लिनै पाउँदैनन्, लामो समयसम्म काममा मात्र भइरहँदा गुणस्तरीय सेवा प्रवाहमा पनि असर गर्नसक्छ । त्यसैले विदा जान प्रात्साहन गर्न खोजेका छौं’, उनले भने ।
स्पष्टीकरण पत्र :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij