
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । गठित छानबिन समितिले विमानस्थल ड्युटीमा खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कार्यस्थलमै एकअर्कामाथि हातपात भएको घटनाबारे जाँचबुझ गर्न आज प्रतिवेदन बुझाउँदै छ ।
गत माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए । समितिले मंगलबार साँझसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने समितिका एक सदस्यले बताए ।
समितिले सीसी क्यामरा फुटेजसमेतको अध्ययन गरी यसमा सामेल र अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेतको बयान लिएको छ । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको थियो ।
प्रहरीले भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij