Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कास्की घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    उनले दीपकराज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु त्यसका लागि ८ लाख लाग्छ र मासिक एक लाख २० हजार तलब हुन्छ भनेर प्रलोभनमा पारी पटक-पटक गरी ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    images

    पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij