Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

चेक लिष्टसहित आएका छौं ‘कम्प्रोमाइज’ हुन्न : रवि

चेक लिष्टसहित आएका छौं ‘कम्प्रोमाइज’ हुन्न : रवि

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् । गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका छन् ।

    images
    images
    images

    गृहमन्त्री रविले लेखेका छन् ‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ 

    नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

    नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij