Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भुटान सहित ३६ देशका नागरिक माथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकी विदेश मन्त्रालयले ती देशहरूलाई नयाँ सुरक्षा मापदण्ड पूरा गर्न ६० दिनको समय दिएको छ ।
विदेशमन्त्री मार्को रुबियोको हस्ताक्षर गरेको मेमो सम्बन्धित देशमा रहेको अमेरिकी कूटनीतिक नियोगहरूमा पठाइएको छ । उक्त प्रतिबन्ध लाग्नसक्ने देशको सूचीमा अमेरिका समर्थक देशहरू इजिप्ट र जिबुउटी जस्ता मुलुक समेत परेका छन् ।
अमेरिकी अधिकारीका अनुसार प्रतिबन्ध लगाउने तयारी गरिएका देशहरूले विश्वसनीय परिचयपत्र प्रणाली नभएको, सरकारी संयन्त्र प्रभावकारी नभएको वा ती देशका नागरिकहरूले अमेरिकी भिसाको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको जस्ता आधारमा मापदण्ड नपुगेको उल्लेख छ ।
यदि ती देशहरू अमेरिकाबाट निष्कासित अन्य तेस्रो देशका नागरिकलाई स्वीकृति दिन तयार भएमा, अन्य कडाइका प्रावधानमा लचकता अपनाइने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij