Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

  • काठमाडौं । आइतबार बिहान चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका बेला अचानक ढलेको प्रहरी जानकारी दिएको छ । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिएका छन् ।

    images

    उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको ज्ञवाली जानकारी दिए । थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन रहेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij