Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए ।
बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ । नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।
त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलव्ध गराउन सहरी बिकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।
यही बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्ति गरेको थियो ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णहरु

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij